कपिलवस्तु – शिवराज नगरपालिकाका समग्र काम काज ५ बर्ष सम्म जिम्मा लगाएका नागरीक अहिले आफै टाउको समात्न बाध्य भएका छन । ५ बर्षसम्म कति काम भए त्यो मुल्यांकन गरी नागरीक अबको ५ बर्ष नयाँलाई पनि अवसर दिएर हेर्ने इच्छामा छ । ५ बर्षको अवधिमा के कति काम भए त्यो नागरीकले राम्रोसगँ नियालिरहेका छन । गत स्थानिय तहको निर्वाचनमा जोडबलका साथ लागेर एमालेका उमेद्धार जिताउन लागी परेकाहरु नागरीकहरु पनि अहिले आफै चिन्तीत अवस्थामन छन ।
५ बर्षको अवधिमा के पायौँ र के फरक पर्यो त्यो हेर्दा नगरीक अब तिनि र तिनका पार्टिबाट नगरको मुहार फेर्न सकिन्छ भन्ने सोचमा छैनन । त्यसैले पनि अबको एक कार्यकाल नर्या र सालिन व्यक्तीलाई सुम्पिनु पर्ने नगर बासीको भनाई छ ।
शिवराजमा गठबन्धनका साझा उमेद्धारहरु प्रमुखमा नेकपा एसका क्षेत्र बहादुर खत्रि र उप प्रमुखमा माओवादि केन्द्रबाट दिनेश पुनलाई एक पटक नगरको जिम्मा लागएर हेर्ने नागरीकको इच्छा छ । चुनाव जितेपछि नागरीककको समस्या बुझ्न टोल टोल पुग्न नसक्ने शिवराज नगर उप प्रमुख शिवकुमारी थारु अहिले चुनावि गतिविधि र मत माग्दै भने टोटोल पुग्न जोडबल कसेर पुग्न भ्याई नभ्याई छ ।
त्यसैले पनि त्यस्ता खालका जनप्रतिनिधि दोहोर्याउने पक्षमा नागरीक नभएको शिवराज वडा नं २ का स्थानियले नाम नखुलाउने सर्तमा बताएका छन । नागरीकको इच्छालाई बुझ्दा सबैमाझ प्रिय र सबैलाइ एकै नजरले हेर्ने माओवादि केन्द्र शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनलाई जिताउनुपर्ने पक्षमा छन । राजनितिक धार एका तिर भएपनि सबैलाई एकनास व्यवहार र नगरको विकासका लागि हरदम लागि पर्ने जनताको दुख सुखका सारथि पुनलाई जिताउन हर क्षेत्रबाट लागि परेको नगर बासिको भनाई छ ।
आपनालाई भन्दा पनि राम्रो र विकास प्रेमिलाई जनप्रतिनिधि बनाएमा आफुहरुलाई काम गर्न सजिलो हुने नागरीकको विश्वास छ । लामो समयदेखि सक्रीय राजनिति गर्दै आईरहेका मेयरका दाबेदार खत्रि र उप मेयरका दाबेदार पुनलाई जिताउनुपर्ने नगरबासीकोे भनाई छ ।-


प्रतिक्रिया