Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

वडा अध्यक्षमा ज्वाइँलाई हराउँदै ससुरा विजयी


माधव बेल्वासे
चन्द्रौटा,३१ वैशाख
वडा अध्यक्ष पदमा आफ्नै ज्वाइँलाई हराउँदै ससुरा विजयी भएका छन् । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा १ मा नेकपा एमाले वाट ससुरा ईन्नर थारु र उहाँका ज्वाइँ जनता समाजवादी पार्टी वाट बुधराम थारु प्रतिस्पर्धा रहेको थियो । ज्वाइँ बुधरामलाई ३७२ मतले पछि पर्दै जित हात पारेका हुन ।
ईन्नर थारुले ८७३ मत प्राप्त गर्दा बुधराम थारुले ५०१ मत प्राप्त गरेका छन् । निवर्तमान अध्यक्ष समेत रहेका थारु पुन अध्यक्षमा निर्वाचित भएपश्चात् उनका समर्थकहरूले ¥याली सहित टिका अभिर लगाएर खुसीयाली मनाएका छन् । त्यसै गरि महिला सदस्यमा दमन्ती राना,दलित महिला सदस्यमा जुगुरी परियार ,खुल्ला सदस्यहरुमा तिजमान राई र त्रिबेनि कोरीले बिजय हासिल गर्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले थारुलाई विजयी भएको आधिकारिक घोषणा भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma