कपिलवस्तु -कपिलवस्तुको विजयनगर गाउँपालिकामा मतगणना रोकिएको छ । आइतबार साँझबाट विजयनगरमा मतगणना रोकिन पुगेको हो ।मतदान अधिकृतले दिएको मतसंख्या र मत गणनामा बसेका कर्मचारीले दिएको संख्यामा तलमाथि भएपछि दलहरुले आपत्ति जनाउँदै मतगणना रोकेका थिए ।
वडा नं. २ को मतगणनामा यस्तो भेटिन पुगेको जनाइएको छ ।विजयनगर गाउँपालिकाका निर्वाचन अधिकृत भविश्वर पाण्डेका अनुसार रोकिएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक आहन गरिएको छ ।
सर्वदलिय बैठक बसे पछि मतगणना सुरु गर्ने तयारी छ ।७ वडा रहेको विजयनगरमा वडा नं. १ र वडा नं. ७ मा एमालेका उम्मेद्वार विजयी भएका छन् ।


प्रतिक्रिया