माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
पहिलो कार्यकालमा लोकप्रिय काम गरेर चर्चा पाएका टेकलाल सापकोटा पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन् । सरल स्वभावका सापकोटा शिवराज नगरपालिका वडा ३ मा सम्पुर्ण प्यानल सहित विजय हात पारेका छन् । वडा अध्यक्षमा निर्वाचित भए पश्चात उनका समर्थकहरुले बिजय जुलुस निकालेका छन । उनको प्यानलमा वडा सदस्यहरु बुझावन थारु,श्यामलाल थारु,झगि सुनार,बुद्धिकला भण्डारी निर्वाचित हुनुभएको छ ।
वडामा खसेको ३७१० मत मध्ये सापकोटाले ११३७ मत ल्याइ बिजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी राप्रपाका उम्मेदवार सुदर्शन मल्लले ६३१ मत ल्याई पराजित हुनुभएको छ । त्यस्तै नेपाली काग्रेसका उम्मेदवार राजु खरालले ५१६ मत,नेकपा माओवादीका कपिल खनालले ४४० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया