कपिलवस्तु – शिवराज नगरपालिकाको १,२,३,४,५, ८,९, १०, र ११ वडाको मत गणना हेर्दा राप्रपाका उमेद्धार अजय थापाको अग्रता कायम रहेको छ । थापाले हालसम्म ७०२८ मत प्राप्त गरेका छन भने एमालेका महादेब पोख्रेलले ६५३६ मत प्राप्त गरि पछ्याइरहनुभएको छ । यो विवरण हेर्दा अहिले थापा ४९२ मतले अघि हुनुहुन्छ ।
त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार् शिवकुमारी थारुले अग्रता कायम राख्नुभएको छ । उहाँको ७२७५मत प्राप्त गर्नुभएको छ भने नेपाली काग्रेसका उम्मेद्धवारले ५६४० मत पाउनुभएको छ । उपमेयरमा थारुको १६३५ मतले अग्रता कायम रहेको छ । अहिले वाडा नं ७ को गणना भईरहेको छ भने वडा नं ६ को हुन वाकि रहेको छ । यस्तै शिवराज नगरपालिका वडा नं ५ मा एमालेका उमेद्धार नेत्रप्रसाद बेल्वासेकोे प्यानल विजयी भएको छ । वडा अध्यक्षमा बेल्वासेले ११६९ मत प्रमप्त गर्दैै विजयी हुनुभएको हो ।


प्रतिक्रिया