Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

डोटीमा बस दुर्घटना, सातजना घाइते

धनगढी – धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

शिखर नगरपालिका–१ गेरुपानी भन्ने स्थानमा शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको हो। दुर्घटनाको कारण र घाइतेको अवस्थाबारे पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma