Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौँ- आठ वर्षअघि एक ब्युटी प्याजेन्टको सक्सेस पार्टीको बहानामा एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार कन्सल्टेल्सी सञ्चालक पाण्डेलाई प्रहरीले शनिबार दिउँसो काठमाडौँबाट पक्राउ गरेको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।

युवतीले आठ वर्षअघि आफूमाथि भएको घटनाबारे भिडियोमार्फत सार्वजनिक गरेपछि प्रहरीले यसको छानबिनका लागि समिति बनाइसकेको छ।प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma