कपिलवस्तु – गए राति आएको हावाहुरीले शिवराज नगरपालिका वडा नं ५ पुर्व रहटकोलमा रहेको सुकुम्बासि बस्तिमा छानोको घर भत्किदा नागरीलाई बिचल्लि बनाएको छ । सुकुम्बासि बस्तिमा रहेको कमला परीयार सहित ४ घरमा क्षति पुर्याएको छ । घर भत्किएपछि पिडितले सहयोगको अपिल गरेका छन । आज युवा नेता तथा वडा नं ५ का वडा अध्यक्ष पदमा पराजित सरोज पौडेल पिडितको घरमा पुगि समस्या बुझेर सहयोगको आस्वासन दिलाउनु भएको छ । पौडेलले सम्बसन्धित निकायसम्म पुर्याएर सहयोग जुटाउने आस्वासन दिनुभएको हो ।


प्रतिक्रिया