Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गगन थापालाई शान्ता चौधरीको प्रश्न : तपाईंमा मानवता हराउन लागेको हो ?

काठमाडौं – नेकपा एमालेकी सांसद शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीबारे कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गरेकी छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए ।

थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेको भन्दै एमाले सचेतक चौधरीले मानवताको विषय उठाएकी हुन् ।

‘…तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा ‘…तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma