Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाण्डाै – प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल  हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ ।

बजेट नागरिकमुखी नभएर चुनावमुखी भएको एमालेको टिप्पणी छ । एमालेको हिजोको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटको भण्डाफोर गर्न निर्देशन दिनुभएको थियो । अस्ति अर्थमन्त्री जर्द्धन शर्माले  १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma