Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बहादुरगंज आँखा अस्पतालद्धारा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन

कपिलवस्तु – नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजले शिवराज नगरपालिका र बुद्धभुमी नगरपालिकाका जनप्रतिधिनीहरुलाई बधाई ज्ञापन गरेको छ ।


नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल व्यवस्थापन समितीका सदस्य रेशम बहादुर खड्काले बुद्धभुमी नगरपालिकाका मेयर केशब कुमार श्रेष्ठ र उप मेयर मीरा थारुलाई उहाँहरुको कार्यकक्ष बुद्धभुमी नगरपालिका पुगेर खादा ओढाएर र बधाई पत्र बुझाएर बधाई ज्ञापन गर्नु भएको हो । त्यसैगरी उपसभाति खड्काले बुद्धभुमी नगरपालिका वडा नं. १ देखि १० सम्मका वडा अध्यक्षहरु क्रमशः तेज बहादुर बस्नेत,सुरज प्रताप राणा,गोबिन्द प्रसाद आचार्य,सुशिल कुमार चौधरी,होम बहादुर थापा क्षेत्री,ऐलेन्द्र प्रसाद कुर्मी,शालिकराम यादब,कपिलदेब तिवारी,प्रमोद आचार्य र सन्दीप कुमार पाण्डेय लाई पनि खादा ओढार तथा बधाई पत्र मार्फत सम्मान ब्यक्त गर्नु भयो।


यसै गरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजले शिवराज नगरपालिकाका जनप्रतिनिधीहरुलाई पनि बधाई ज्ञापन गरेको छ । सो क्रममा शिवराज नगरपालिकाका नव निर्वाचित मेयर अजय थापा र उपमेयर शिव कुमारी चौधरीलाई उहाँहरुकै कार्यकक्ष शिवराज नगरपािलकामा पुगेर नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उप सभापति रेशम बहादुर खड्काले खादा ओढाएर बधाई ज्ञापन गर्नु भयो । त्यसैगरी उहाँले शिवराज नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुलाई पनि बधाई ज्ञापन गर्नु भएको छ ।

जस अनुसार वडा नं. १ का वडा अध्यक्ष खिम बिक्रम केसी, २ का रामबहादुर चौधरी,३ का टेकलाल सापकोटा,४ का नसीम अहमद खाँ,५ का नेत्र प्रसाद बेल्बासे,६ का माहेताब आलम खाँ,७ का अनुप कुमार चौधरी,८ का रिजवान अहमद,९ का रामगोपाल चौधरी (थारु),१० का मन्जु मिश्र र ११ का रमेश्वर प्रसाद वर्मा लाई खादा तथा बधाई पत्रद्धारा बधाई ज्ञापन तथा शुभकामना दिनु भएको थियो । बधाई ज्ञापन कार्यक्रममा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज का प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, नेशनल सर्जिकलका प्रोप्रराईटर तथा समाजसेबी नसरुल्लाह खाँ,ल्याब टेक्निसियन देबराज शर्मा,मधु खड्का लगायतको सहभागिता रहेको थियो । अस्पतालले यस अघि बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा,उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र बिजयनगर गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरुलाई बधाई ज्ञापन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma