कपिलवस्तु – विश्व दूध दिवसको अवसरमा नेपाल डेरी एसोसियशनले शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा एक कार्यक्रमका बिच दुग्ध जन्य परिकार सेवन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापा, उप प्रमुख शिव कुमारी थारु र वडा अध्यक्ष टेकलाल साएकोटालाई बधाइ ज्ञापन तथा सम्मान समेत गरेको छ । कार्यक्रममका बोल्दै नगर प्रमुख थापाले दुग्ध जन्य परिकार सेवनले मानवमा सकरात्म प्रभाव पार्ने बताउँदै कृषि तथा कृषकलाई प्रभावकारी बनाउन सबैको सहयोग सहकार्यमा योजना निर्माण गरि समृद्ध नगर निर्माणमा हातेमालो गर्ने बताउनु भयो । थापाले बाटो,पुलपुलेसा र भौतिक विकासले मात्र समृद्ध हुन नसक्ने बताउँदै प्रतिकिषान,प्रतिघर,प्रति ब्यत्ति सवल हुन सके मात्र नगर समृद्ध हुन सक्ने बताउनु भयो ।
त्यस्तै नवनिर्वाचित उप प्रमुख शिव कुमारी थारुले बिगतको तुलनामा शिवराज दुग्ध र अन्डामा आत्म निर्भर भएको बताउँदै नगरले कृषिमा अनुदान उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष टेकलाल साप्कोटाले वडा स्तरबाट पनि कृषि र कृषकको विकासका लागि या्ेजनाहरु ल्याउने बताउनुभएको छ । नगर प्रमख अजय थापाको प्रमुख आतिथ्यता, उप प्रमुख शिव कुमारी थारु, वडा अध्यक्ष टेकलाल साप्कोटा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष हेमलाल पौडेलले गर्नुभएको भएकोथियो ।


प्रतिक्रिया