Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अर्घाखाँची शितगंगामा उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

अर्घाखाँची – नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो । 

भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ । भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ । 

पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma