Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

५ बुँदे  माग राख्दै संयुक्त विद्यार्थी संगठनद्धारा ज्ञापनपत्र पेश

विभिन्न बुँदे ५ माग राख्दै संयुक्त विद्यार्थी संगठन कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र पेश गरेको छ ।अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।५ बुँदे ज्ञापनपत्रमा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक आजको मितिसम्म विद्यार्थीको हातमा पुग्न नसकेको भन्दै यथाशिघ्र पाठ्यपुस्तक पुर्याउन माग गरेको छ ।मन्त्रालयले समयमा पाठ्यपुस्तक पु¥याउन नसक्नुलाई स्थानीय निर्वाचनको कारण देखाउनु मन्त्रालयको लापरवाही भएकाले तत्काल विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन शिक्षा मन्त्रालय र सरकार समक्ष माग गरेको छ ।

यस्तै दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ जस्ता मानिसका दैनिक जीवनसंग सम्बन्धित क्षेत्रमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न, सम्बन्धित पक्ष समक्ष माग गरिएको अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।

यसका साथै सरकारी÷सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेदको तत्काल अन्त्य गरि, विभिन्न वहानामा लिने गरिएको शूल्क तत्काल बन्द गर्न सम्बन्धित निकाय समक्ष माग गरिएको छ ।उल्लेखित मागहरु तत्काल सम्बोधन नभए कडा कदम चाल्नेपनि संयुक्त विद्यार्थी संघले चेतावनी दिएको छ ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) को पहलमा ,५ बुदे माग सहित कपिलवस्तु जिल्लमा संयुक्त र अर्घाखाँची ,गुल्मी , रुपन्देहीमा जिल्ला प्रशासन कार्यलय र शिक्षा बिकास तथा समन्वय इकाइमा माग पत्र पेश गरेको अखिल ( क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य कमरेड बिज्ञान क्षेत्रीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma