Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विवाहसम्बन्धी २० वर्षे उमेर हद घटाउनुपर्छ : सांसद गंगा चौधरी

सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् ।नले भनिन् : ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाएपनि कार्यान्वयन पक्ष फितलो भयो भने त्यसको काम छैन ।’  सांसद चौधरीले समाजमा पछिल्लो समयमा भैरहेका यौनहिंसा घटनामा महिला र पुरुष दुबै दोषी भएको उनको भनाई थियो । उनले पल शाह प्रकरणलाई पनि मन मिलुञ्जेल माया र मन नमिलेपछि यौन हिंसाको संज्ञा दिइएको बताइन् । उनले प्रश्न गरिन् : ‘केही दिन अघिको पल शाह प्रकरणलाई हेरौं, पल र युवतीबीच जबसम्म मन मिल्यो, त्यसलाई मायाको (लभ)को संज्ञा दिने, जब मन मिलेन त्यसलाई बलात्कारको संज्ञा दिने ?’ 

चौधरीले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणतर्फ संकेत गर्दै उक्त केस पनि स्वार्थ नमिलेपछि बाहिर आएको बताइन् । उनले भनिन्– पूर्व सभामुखको केस पनि सुरुमा थाहा थिएन, तर पछि स्वार्थ नमिलेपछि बाहिर आयो र उहाँलाई ६–६ महिनासम्म जेलमा कोचियो । अहिले हदम्यादको कुरा उठिरहेको छ । हदम्याद राखिएन भने मुद्धाको चाङ लाग्छ अनि न्याय कसरी पाइन्छ ?’ 

सांसद चौधरीले आफुलाई महिलाको विरोध गरेको आरोप नलाउन आग्रह गर्दै देशको कानुन बनाउने स्थानमा आफु भएकोले त्यसलाई हेक्का राखेर मात्र कुरा राखेको बताइन् । उनले पुरुषको पीडालाई पनि सम्बोधन गर्नुपर्ने बताउँदै उक्त विषयसँग जोडएका कानुनहरु पनि संशोधन गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन् : ‘हामीले यो कुरा भुल्नुहुँदै कि धेरै महिलाहरु पीडित होलान् तर केही पुरुषहरु पनि पीडित छन् । पुरुषको पीडालाई सम्बोधन गर्ने कानुनी व्यवस्था गर्नुपर्छ ।’ उनले विवाहसम्बन्धी २० वर्षे हदम्यादलाई घटाउनुपर्ने बताइन् । उनले भनिन्- ‘विवाहसम्बन्धी २० वर्षे उमेर हद पनि घटाउनुपर्छ । १३ वर्षका नानीहरूले पनि बच्चा जन्माइसकेका छन् । त्यो अवस्थालाई हेरेर पनि हामीले कानुन निर्माण गर्नुपर्छ ।’

उनले महिलाहरुको पीडा सुन्ने राष्ट्रिय महिला आयोग भएजस्तै पुरुषको पीडा सुन्ने निकाय हुनुपर्नेमा समेत जोड दिइन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma