Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

इलाका प्रशासन कार्यालय चन्द्रौटामा भारतियलाई नेपाली नागरिकता बनाउन आएका तिन जना पक्राउ

कपिलवस्तु – कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा एक भारतिय नागरीकको नेपाली नागरिकता बनाउन आएका तिन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको चन्द्रौटामा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकताको कागजात सहित इलाका प्रशासन कार्यालय पुगेका तिन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं ३ कटुवा बस्ने बर्ष ४० का दयाराम गडरिया, भारतीय नागरिक बर्ष १७ का रामु गडरिया र नागरिकता बनाउने कार्यमा सहयोग गर्न आएका शिवराज नगरपालिका वडा नं १० लालपुर बस्ने बर्ष २२ का अयोध्या पाल रहेका छन ।

दयाराम गडरिया भारतिय नागरिकको नक्कली बुवा बनेर नागरिकता बनाउन कागजात पेश गरेको खुल्नमा आएको छ ।पक्राउ परेक तिनै जनालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

नागरिकता ऐनको दफा २१ को १ मा उल्लेख भए बमोजिम विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिना देखि एक वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma