Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौं  काठमाडौँ जिल्ला अदालतले सुन्दरी प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतले पाण्डेलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश आदेश दिएको हो।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका पाण्डेले ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षे एक किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै किशोरीले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि गत जेठ ७ गते पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित युवतीले गत जेठ ४ गते सार्वजनिक गरेको भिडियो सन्देशमा सक्सेस पार्टीका लागि पाण्डेले काठमाडौंको एक होटलमा बोलाएर कुराएको र केही समयमा कोठामा लगेर बलात्कार गरेको आरोप लगाइएको थियो।

पक्राउमा परेका पाण्डेविरुद्ध प्रहरीको अनुसन्धानपछि काठमाडौं सरकारी वकिलको कार्यालयले यौन दुर्व्यवहार र मानव बेचविखनको अभियोगमा १० देखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँ क्षतिपूर्तिको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। बहसपछि जिल्ला अदालत काठमाडौँले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma