Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम

कपिलबस्तु – नेपाल नेत्रज्योति संघ,अाँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको प्राविधिक सहयोग,सिर्जशिल समाजिक बिकास केन्द्रको आयोजना र मायाँदेबी गाउँपालिका वडा नंं. ३ को आर्थिक सहयोगमा मायाँदेबी गाउँपालिकाको फुलिका स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।


आँखा जाँच कार्यक्रममा २१८ जनाको आँखा जाँच गरिएकोमा ३४ जना मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएको नेत्र सहायक सरीता परियारले बताउनु भएको छ । शल्यक्रिया गर्नुपने बिरामीहरुलाई यही असार ८ गने अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिने अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनु भयो । सो अवसरमा मायाँदेबी गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमान,उपाध्यक्ष सरस्वती यादव,३ नम्बरका वडा अध्यक्ष शैलेन्द्र कुमार यादव,सिर्जशील सामाजिक बिकास केन्द्रका अध्यक्ष बालकुमारी अधिकारी,धनकला न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


आँखा जाँच कार्यक्रममा आवश्यकता अनुसार बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । सो अवसरमा नेत्र सहायक द्धय सरीता परियार र चन्द्रकला अर्याल,बिजय पुन,निशा भुसाल लगायतको प्राविधिक टोलीले सेवा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma