केशव बेल्वासे, कपिलवस्तु – कपिलवस्तुको शिवराज नगर भित्रका उद्योगी व्यवसायीहरूलाई कर परामर्श कार्यक्रम आजबाट सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग र चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा पाँच दिने कर परामर्श बिहीबारदेखि सुरू भएको हो । कार्यक्रममा प्रमुख अतिथि शिवराज नगर उप प्रमुख शिवकुमारी थारूले सम्पूर्ण व्यवसायीलाई करको दायरामा ल्याउन र व्यवसायलाई दर्ता प्रणालिमा ल्याउन यो कार्यक्रममले टेवा पुर्याउने बताउनुभयो ।

व्यवसायीले सरकारलाई तिर्ने करबाट केहि रकम भएपनि व्यवसायिको क्षेत्रमा लगाउनु पर्छ भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरीएको हुदा व्यवसायीलाई कर सम्बन्धि धेरै कुराहरु सिक्न आग्रह पनि गर्नुभयो । १३ गतेसम्म चल्ने कर परामर्शमा प्रमुख प्रशिक्षक आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत चिरन्जीवी वस्याल, नायब सुब्बा प्रकाश गौतम, कम्प्युटर अपरेटर राजु पुनले नेपालको र्वतमान कर प्रणाली तथा अर्थिक ऐन, कर छुट सुविधा, अनलाईन कर प्रणाली लगायतका बारेका प्रशिक्षण दिने चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले जानकारी दिनुभयो ।
चन्द्रौटा उद्योग वाणिज्य सघंका पुर्व सचिब पारमणि पाण्डे लगायत चन्द्रौटा क्षेत्रका १ सय बढि उद्योगी व्यवसायीको सहभागिता रहेको कर परामर्श उत्घाटन कार्यक्रममा चेम्बर अफ कमर्स कपिलवस्तुका बरीष्ठ उपाध्यक्ष जगत पौडेलको स्वागत मन्तव्य तथा महासचिव गोपाल वन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।



प्रतिक्रिया