काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको हो । […]