Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

जसले १५ सय बढीको स्वाब लिए …

माधव बेल्बासे
कपिलवस्तु(चन्द्रौटा),१५भदौ

अहिले स्वास्थ्यकर्मीहरुलाई उच्च जोखिम छ । अझ स्वाब लिने स्वास्थ्यकर्मी सर्तकता अपनाउदा अपनाउदै संक्रमित हुन्छन् । संक्रमित र अन्य नागरिकहरुको स्वाबले लिने गरेका उनीहरुलाई न घरमा जानु छ न कसैलाई भेटनु नै छ । प्रचण्ड गर्मीमा लामो समयमा सम्म पिपिई,पन्जा लगाएत स्वास्थ्य सामाग्रीको प्रयोगले शरिरलाई असर समेत गर्ने गरेको छ । कतिपय काममै छोडेर भाग्ने गरेका छन् त कतिपय आफ्नो जिम्मेवारी पुरा गर्दा गर्दै संक्रमित हुन पुगेका छन् ।
कपिलवस्तु वाणगंगा नगरपालिका ६ भकलापुर निवासी अनन्त आचार्यको अहिले दैनिकि स्वाब संकलन गरेर बित्ने गरेको छ । शिवराज नगरपालिकाको शिवपुर स्वास्थ्य चौकीमा ल्याब असिस्टेनको रुपमा रहेको आचार्यले अहिले सम्म १५ सय ५२ जनाको स्वाब संकलन गरेको बताउँछन् । उनले संकलन गरेको स्वाब मध्ये ९३ जनाको रिपोर्ट पोजेटिभ समेत आएको छ ।
उनी गत वैशाख र जेठ महिना घर नगई क्वारेन्टाइनै बास बसे । ४८ दिन सम्मको क्वारेन्टाइनको बसाई पछि परिवार भेटन घर गएको उनले बताउछन् । गत वैशाखमा शिवगढीमा रहेको क्वारेन्टाइनका नागरिकहरुको स्वाब लिने क्रममा बेहोस समेत भए । बिहोस भएर उम्कने बाहाना पाएको आचार्य आफ्नो जिम्मेवारीबाट टाढिन चाहेनन् । “मेरो स्वास्थ्य अवस्था नाजुक हुदाँ पनि स्वाब लिन छाडिन,आचार्याले भने “पिपिई सेटले शरिरको तापक्रम बढाउने र उकुसमुकस हुने गर्दछ,त्यसैले मलाई समस्या भएको थियो,।”
स्वास्थ्य कार्यालयले दुई जनालाई तालिम दिएको र दुबै जनाले आलोपालो गरेर स्वाब संकलन गर्ने गरेको आचार्यले बताउछन । स्वाब लिदाँ कोरोनाको जोखिम बढि हुने गरेको उनको भनाई छ । कतिपय नागरिकहरु स्वाब दिदै गर्दा गर्दा हा्झ्यु गर्ने तथा खोक्ने भएकोले स्वाब संकलनमा बढी जोखिम रहने उनको भनाई छ । “हामी स्वास्थ्यकर्मी हौ ,सरकारले दिएको जिम्मालाई कुशलतापुर्वक निर्वाह गर्ने छौ, उनी भन्छन् “मैले अहिले सम्म १५ सय बढी स्वाब लिए, संका लागेको बेला मेरो पनि स्वाब परिक्षणको लागि पठाउने गर्दछु, ।”
आफुले अहिले सम्म ३ पटक पिसिआर र ४ पटक आरडिटि परिक्षण गरेको बताउछन् । परिक्षण गरेर नतिजा आएको दिन भने अहिले उनी घर जाने गरेका छन् । “स्वाब संकलन गरेर नतिजा आएको दिन घर जाने गरेको छु, फेरी अर्का पटक स्वाब लिने समयपछि भने आफ्नो जाँच नगर्दा सम्म डेरामै बस्ने गरेको छु, उनले भने “कोरोना नियन्त्रणको लागि अतिउपयोगी सामाजिक दूरी हो, यसमा सबै सजक रहन आवश्यक छ, ।”
स्वाब लिदा आवश्यक पर्ने सामाग्रीहरु नगरपालिकाले पुर्ण रुपमा उपलब्ध गराएको आचार्यको भनाई छ । पंन्जा सेनेटाइजर पिपिई जस्ता अति आवश्यक सामाग्री नगरपालिकाले सहज रुपमा उपलब्ध गराएकोले पनि काम गर्न सहज भएको उनले बताउछन् । दिनमा ३ सय जना सम्मको स्वाब संकलन गरेको हुदाँ स्वाब संकलन पछि केहि समय आराम गर्ने गरेका छन् ।
शिवराज नगरपालिका उनको कामबाट सन्तुष्ट छ । नगरपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा पनि उनलाई पुरस्कृत गर्ने तयारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले गत वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार अनन्त आचार्यलाई दिने निर्णय गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma