शिवराज नगरपालिकामा ३० शय्याको शिवराज आइसोलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ । शिवराज– ५ चन्द्रौटास्थित नलकुपको जग्गामा नवनिर्मित आइसोलेशन भवनको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शुभारम्भ गर्दै प्रदेश सरकार र नगरपालिकाको सहयोगमा आइसोलेशन निर्माण गरिएको बताए ।
नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आइसोलेशन निर्माण गरिएको बताए । यसभन्दा पहिले खरेन्द्रपुरस्थित सुपा देउराली रिसोर्टमा आइसोलेशन निर्माण गरी कोरोना सङ्क्रमितलाई राखिँदै आएकामा अब नयाँ भवनमा राखिएको नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जानकारी दिइन् । सुविधासहितको आइसोलेसन सेन्टर शुरू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।
यता आइसोलेशन भवन निर्माण भयो भनेपछी खुशी भएका शिवराजवासी सघुरो गल्ली देखेपछि दुखि भएका छन् । विरामी उपचार गर्ने अस्पतालको मापदण्ड विना नै भवन निर्माण हुदाँ भवन उपयोगिहिन बन्ला की भन्ने आशंका नगरबासीमा छाएको छ । कोरोना संक्रमित विरामीलाई उपचार गर्ने आइशोलेशन अस्पतालमा निर्माणको जिम्मा पाएको उपभोक्ता समिति र नगरपालिकाका प्राविधिकले अस्पताल निर्माण ध्यान नदिदाँ वा ज्ञान नहुदाँ भवनको गल्लीहरु स्टेचर समेत नअट्ने साघुरा बनेका छन । अस्पताल तथा आइशोलेशनमा विरामी राखेर गुडाउन मिल्ने स्टेचर छिर्न मिल्ने गल्ली बन्नु पर्ने हो तर सिंगल मान्छे पनि एकतर्फि मात्रै हिडन मिल्ने गल्ली सहितको भवन निर्माण भए पछि आम नागरिकले निर्माण समिति र प्राविधिक माथी नै प्रश्न उब्ज्याएका छन् ।

0Shares