कपिलवस्तुका १८ कोरोना सङ्क्रमितलाई लक्षण देखिन सुरु गरेको छ । जिल्लाका ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमित सँग सम्पर्क गर्दा लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । केहीलाई ज्वरो आएको, रुघा लाग्ने गरेको , सास फेर्न गारो हुने , छाती दुख्ने जस्ता लक्षण देखिएको कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
लक्षण देखिएका मध्ये ४ जना बुटवल धागो कारखाना कोरोना विशेष अस्पतालमा पठाइएको छ । अस्पताल पुराइएको सवै जना समुदायबाट सङ्क्रमण भएका हुन । पछिल्लो समयमा ६ स्थानियतहमा कोरोना सङ्क्रमित फेला परेका छन् । कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका , मायादेवी गाउँपालिका र बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकामा समुदायमा कोरोना देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समुदायबाट लिएको नमुना अनुसार ८ प्रतिशतलाई कोरोना देखिएको छ 

0Shares