Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुका थप १७ जना समुदायका नागरिकमा कोरोना

कपिलवस्तुमा समुदायमा १७ कोरोना संक्रमित थप भएका छन । सदरमुकाम तौलिहवामा १६ जना र कृष्णनगर नगरपालिकाका १ जना संक्रमण देखिएको छ । तौलिहवा बजारमा पान पसले, जुत्ता पसले सहित ७ जनामा कोरोना देखिएको छ । यसै गरी ६ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ । निजी स्वास्थ्य संस्था संचालकमा समेत कोरोना देखिएको छ ।यसै गरी कृष्णनगर नगरपालिकाबाट उपचारका लागी बुटवल पुगेकामा पनी संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma