Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लामो दूरीको यातायात र हवाई उडान भदौ १ गतेदेखि नखोल्ने सिसिएमसीको निर्णय

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सेन्टर ९सिसिएमसी०ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि लामो दूरीको गाडी र हवाई उडान नखोल्ने निर्णय गरेको सिसिएमसीले जनाएको छ ।

कोरोना भाइरसको जोखिम थप बढेको भन्दै सिसिएमसीले यस्तो निर्णय गरेको हो । सिसिएमसीको निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि लागू हुनेछ । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि तत्काल नखुल्ने भएको समितिका एक सदस्यले जानकारी दिए । सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५र१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले जानकारी दिए ।

बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेरमात्र निस्किनका लागि आग्रह गरेको गुरागाईँले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सार्वजनिक गाडी केहीदिन बन्द गर्ने विषय पनि भोलि बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma