Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पर्सामा थप ३४ जनामा कोराेना सङ्क्रमण

सावन २९पर्सा -पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले बुधबार साँझ सार्वजनिक गरेको पीसीआर परीक्षणको रिपोर्टअनुसार बारा जिल्लाका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

३४ जनामध्ये छिपहरमाई गाउँपालिकाका २ जना रहेको छ । अरु सबै वीरगञ्ज महानगरपालिकाका हुन । थपिएका सङ्क्रमितमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका हुन । नेपाल रेल्वे माध्यमिक विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन भएको स्वाबको परीक्षणमा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ७ वर्षदेखि ६२ वर्ष रहेको छ । संक्रमितमध्ये १० जना महिला रहेका छन । सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट, श्रीपुर, वडा नं १० घडीअर्वा पोखरी, वडा नं ११ पानीट्यांकी, वडा नं ६ माइस्थानका रहेका छन् ।

त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका १ का एक जना पनि सङ्क्रमित भएका छन् । पछिल्लो परिणामसँगै पर्सामा कुल संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ । पुष्टि भएकामध्ये १५ जना भारतीय नागरिक रहेका छन ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा , २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन । अहिलेसम्म कोभिड(१९ को कारण १९ जनाको मृत्यु भएको छ । बारा र रौतहटका समेत गरी पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

मृतकहरु अधिकांश दीर्घरोगी एव्ं अन्य कुनै स्वास्थ्य समस्या भएका देखिन्छन् । संक्रमितहरुमध्ये वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ सय २ पुरुष र १९ महिलालाई भर्ना गरिएको छ । त्यस्तै गण्डक कोभिड अस्पतालमा १० महिलासहित ६५ जना रहेका छन ।

रानी पोखरी होटलको सामुदायिक आइसोलेशन सेन्टरमा ३४ ,राणी सती धर्मशालामा ४१, वीरगञ्ज सिद्धार्थ स्कूलमा ३२ , वीरगञ्ज कारागारमा ३८ ,अन्य आइसोलेशनमा ९४ र होम आइसोलेशनमा ३ सय ५९ जना रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

कोरोना संक्रमित ३ सय ५९ जना होम आइसोलेशनका नाममा आइसोलेशनभन्दा बाहिर रहनु नै पर्साको लागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ । होम आइसोलेशनको मापदण्ड पालना भए नभएको बारेमा अनुगमन हुन सकेको छैन ।

संक्रमितहरुले पसल संचालन गरेको हाट बजारमा निस्किएको जस्ता कुराहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन । यस्तो अवस्थामा थप आइसोलेशन वार्डको निर्माण आवश्यक रहेको छ । पर्सामा कोरोना भाइरसबाट संक्रमितहरुमध्ये १ सय ९८ पुरुष र ४३ महिला गरी २ सय ४३ जना निको भएर घर फकिएका छन ।

पर्सामा १ हजार २ सय ४५ क्वरेण्टीन बेड संख्या रहेकोमा अहिले पनि १ सय २ पुरुष र ३७ महिला गरी १ सय ३९ जना क्वरेण्टीनमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma