Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नीताको प्रेमभाव

नायिका नीता ढुंगाना नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ । नीता अब आफ्नै ब्यानरमा चलचित्र बनाएर अगाडि बढ्ने तयारीमा छिन् ।

यो समयमा नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा पनि खुबै छ । भलै, अनलाइनखबरसँगको कुराकानीमा यी दुइले प्रेमलाई अस्विकार गरिसकेका छन् ।

ज्योतिष अधिकारीले आफूहरु एउटा कामको सिलसिलामा भेटघाट गर्ने गरेको भन्दै प्रेम नरहेको अनलाइनखबरसँग बताएका थिए । तर, नायिका ढुंगानाको सामाजिक संजाल भने पछिल्लो समय प्रेमका हरफहरुले रंगिन थालेका छन् ।

नीता लेख्छिन्–‘तिमीलाई भेट्ने हतासमा थिएँ, लाग्थ्यो हुरी बतासमा थिउँ । तिम्रो एक झलक पाएँ रोकिएँ । आहा कस्तो मिठो माया, म त तिमीसँग ठोकिए ।’ नीताको प्रेम हरफहरुले पनि उनी प्रेममा रहेको चर्चालाई बल पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma