Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बन्दाबन्दीमा १४५ जनालाई मनकामना सामुदायिक वनमा रोजगार


मोफसल खबर
सावन ३०
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण भएको लक डाउन बन्दाबन्दीले धेरैलाई बेरोजगार बनायो । दैनिक ज्याला मज्दुरी गरी जिवीको पार्जन गरी गुजार चलाउनेहरुलाई त झनै अफ्ठारो बनायो । ज्याला मज्दुरी गर्नेहरुका लागी लकडाउनमा मनकामना सामुदायिक बनले भने १ सय ४५ मज्दुर रोजगारी दिएको छ ।
बन्दाबन्दी सुरु भए पछि ज्यालामज्दुरी गर्नेहरुको काम खोसिएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको मनकामना सामुदायिक वनले भने १ सय ४५ जनालाई ३ महिना रोजगार दिएको हो । सामुदायिक वनले कटान,छपान र ताराबारका लागी काम दिएको मनकामना सामुदायिक वनका अध्यक्ष राम बहादुर के.सी.ले बताउनु भयो ।“लक डाउन र बन्दा बन्दीका कारण घरमा नै बेरोजगार बसेका सामुदायिक वनका उपभोक्ताहरु मध्ये विपन्न परिवारका सदस्यलाई काम दिएका हौंँ” अध्यक्ष के.सी.ले भन्नुभयो । वन व्यवस्थापन पनि भयो, लकडाउनमा रोजगार पनि भयो के.सी.ले भन्नु भयो ।
लकडाउनका कारण ज्यालादारीको काम ठप्प भएको अवस्थामा सामुदायिक वनले काम दिएर भोकै बस्नु पर्ने अवस्था टारिदिएको बलुहवाकी हरिया थारुले बताइन । हामी श्रीमान श्रीमती दुबै जनाले काम पाउदाँ पैसाको समस्या रहेन उनले भनिन । समुदायको संरक्षण र उपभोगका लागी वनाएका सामुदायिक वनहरुले समुदायका हरेक गतिविधीमा साथ र सहयोग गर्दै आएको मनकामना सामुदायिक वनका उपाध्यक्ष भरत पौडेलले बताउनु भयो । कोरोना महामारीको वेला उपभोक्ता लगायत अन्य लाई करिब ७ सय ५० थान माक्स निशुल्क वितरण समेत गरिएको उपाध्यक्ष पौडेलले बताउनु भयो ।
मनकामना सामुदायिक वनले बार्षिक रुपमा करिब २ सय जनालाई रोजगारी दिदै आएको अध्यक्ष के.सी.ले बताउनु भयो । सामुदायिक वनबाट हुने आयको ६० प्रतिशत वन व्यवस्थापनमा लगानी हुने र ४० प्रतिशत समुदायमा लगानी हुने गर्दछ । आर्थिक बर्ष ०७५÷०७६ मा उपभोक्ता समितिका ८० जनालाई निशुल्क ३ महिने सिलाइकटाई तालिम समेत दिएको के.सी.ले बताउनु भयो । तालिम लिएका अधिकाशं अहिले स्वारोजगार बनेको उहाँले बताउनु भयो । सामुदायिक वनले हरेक बर्ष अतिक्रिमण क्षेत्र नियन्त्रण व्यवस्थापन गर्दै आएको छ । मनकामना सामुदायिक वन क्षेत्रको करिब १९ कट्टा अतिक्रमित जग्गालाई यो बर्ष वनले व्यवस्थापन गरी सुन्दरीकरण गरेको छ । वन क्षेत्रमा पर्ने खाली ठाउँहरुमा २ हजार ३ सय विभिन्न प्रजातीका विरुवाहरु वृक्षारोपण समेत गरिएको अध्यक्ष के.सी.ले बताउनु भयो ।
यस बर्ष वन संरक्षणका लागी १० हेक्टर क्षेत्रफलमा तारबारको काम भइरहेको सामुदायिक वनका कार्यालय सचिव धनिराम थारुले बताउनु भयो । उपभोक्ताहरुलाई यस बर्ष भर्दौ महिनाको दोस्रो साताबाट काठ वितरण गरिने हुदाँ अहिले माग फारम भर्ने काम भएको थारुले बताउनु भयो । यस बर्ष करिब २५ लाख बराबरको काठ उपभोक्तालाई वितरण गरिने अध्यक्ष के.सी.ले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma