Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुका लकडाउन उल्लघंन गर्ने ४० जनालाई कारबाहि

कपिलवस्तुका लकडाउन उल्लघंन गर्ने ४० जना कारबाहिमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा प्रशासनले गरेको अनुगमनका कं्रममा लकडाउन उल्लघंन गरेका व्यापारी तथा सवारी साधनहरुलाई कारबाहि गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । शनिवार जिल्लाको तौलिहवा,जितपुर,बुद्धभुमी र चन्द्रौटा क्षेत्रमा अनुगमन गरिएको थियो ।

प्रशासनको सुचनालाई अबज्ञा गरी पसल संचालन तथा सवारी साधनहरु संचालन गरेको पाइएकोले संक्रामण ऐन २०२० बमोजिम कारबाहि भएको उहाँले बताउनुभयो । कारबाही बाट रु ४ हजार रकम संकलन भएको छ । जिल्ला प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोलिले बजारमा मास्क प्रयोग नगरेका नागरिकहरुलाई सचेत गराई मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । बजारमा ठेला तथा विभिन्न माध्यमवाट तोकिएको समय भन्दा अन्य समयमा व्यापार गरिरहेका व्यापारीलाई नियमअनुसार कारबाहि भएको जनाइएको छ ।पछिल्लो समयमा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना देखिएपछि साउन ३२ गते सम्मको लागि प्रशासनले कडाई गरेको छ । संक्रमितको सख्या बढेकोले लकडाउन थपिने नेपालीले बताउनुभयो । लकडाउन प्रहरी प्रशासनको लागि नभएर आम नागरिकहरुको सुरक्षाको लागि भएकोले यसको अवज्ञा गरेमा नागरिकहरुलाई समस्या पर्ने सहायक प्रजिअ नेपालीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma