Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा थप १ हप्ताको लागि लकडाउन

कपिलवस्तुमा थप १ हप्ताको लागि लकडाउन गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले लकडाउनको अवधि बढाएको हो । आईतवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको बैठकबाट लकडाउन भदै ७ गते सम्म गर्ने निर्णय गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भाद्र ७ गते राती १२ बजे सम्मका लागि जिल्लामा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । यस अवधिभर अतिआवश्यक सेवाका पसल तथा सवारी साधनबाहेक सबै बन्द हुने जनाइएको छ । जिल्लामा कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भइसकेको र दैनिकजसो संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण संक्रमण फैलन नदिन यस्तो निर्णय गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
दमकल, एम्बुलेन्स, शवबाहन, दूध, खानेपानीका गाडीबाहेक अन्य सबै निजी तथा भाडाका सवारी साधान संचालनमा पूर्ण रोक लगाइएको छ । तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आईतवार सम्म कपिलवस्तु १४४ जना कोरोना संक्रमित उपचारत रहेका छन् । जम्मा ९४५ संक्रमित मध्ये ७९८ जना निको भएर घर फर्कीसकेका छन् । अहिले कपिलवस्तुको सदरमुकाम तौलिहवामा समुदाय स्तरमा कोरोना फैलिएको छ । तौलिहवामा मात्र १११ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma