Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुनसक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८ को स्पेनिस फ्लु पनि दुई वर्ष भित्र नै अन्त्य भएको जिकिर गरे ।तर, अहिलेको प्रविधिको विकासले विश्वले भाइरसलाई सो समयभन्दा चाँडो नै रोक्न सक्ने उनले आशा व्यक्त गरेका हुन् । ‘कनेक्टीभिटीका कारण भाइरस चाँडो फैलने सम्भावना पनि छ,’ उनले भने, ‘तर सँगै हामीसँग त्यसलाई रोक्ने प्रविधि र ज्ञान पनि छ । राष्ट्रिय एकता र वैश्विक ऐक्यभाव पनि ।’सन् १९१८ को स्पेनिस फ्लुले ५ करोडको ज्यान लिएको थियो । कोरोनाभाइरसले हालसम्म ८ लाखको ज्यान लिइसकेको छ भने २ करोडभन्दा बढी संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma