Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलबस्तुमा आठ दिनका लागि थपियो निषेधाज्ञा

कपिलबस्तुमा पुनः ८ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकबाट आइतबार राति १२ बजे देखि भदौ १५ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो ।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड–१९ का सङ्क्रमित देखिएकाले सङक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । यस अघि जिल्ला प्रशासन कार्यालयले भदौ ७ गते राति १२ बजे सम्मका लागि निशेधाज्ञा जारी गरेको थियो । बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । ‘बैठकले अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरु (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेकका यस जिल्ला भित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ दैनिक (कार्यालय दिन) विहान ८ बजे देखि विहान १० वजे सम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सक्ने छन् । उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न पाउने छन् ।
अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालयहरुबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजे देखि १० बजेसम्मको समय छुट्याइएको हो । आइतवार मात्र कपिलबस्तुमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये बाणगंगा नगरपालिकाका ८, कपिलबस्तु नगरपालिकाका ७ सुरक्षाकर्मी, विजयनगर गाँउपालिकाका ६, शुद्धोधन गाँउपालिका ४, मायादेवी गाँउपालिका तथा शिवराज नगरपालिकाका दुई दुई जना र बुद्धभुमि नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कुल संक्रमितको सख्या १०४५ पुगेको छ भने कोरोनाका कारण २ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma