Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

उपत्यकामा थपिए ४१५ जना काेराेना सङ्क्रमित काठमाण्डाैमा मात्रै ३५० जना

काठमाण्डौ – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा तीन सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकासहित देशैभर नौ सय २७ कोरोनाका सङ्क्रमित थपिएका छन् ।

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएको बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma