Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कृष्णनगरमा माक्स लगाउन आग्रह गर्दा प्रहरी माथी हातपात

कपिलवस्तुको कृष्णनगरमा माक्स लगान आग्रह गर्दा प्रहरी माथी नै हातपात भएको छ । मास्क लगाउ भन्दा प्रहरी माथी आक्रमण भएको कपिलवस्तुको लवनीको घटना सेलाउन नपाउदा कपिलवस्तुको कृष्णनगरमा यस्तै घटना घटेको हो । बिहिवार साझ मास्क लगाउन आग्रह गर्दा कृष्णनगरको लक्ष्मिनगरमा प्रहरी माथी हातपात भएको छ । स्थानिय २५ युवाले ड्युटीमा हिडेका २ प्रहरी माथी अभद्र ब्याब्हार गरेका थिए ।

भारतिय सिमा क्षेत्रमा रहेको सो स्थान प्रहरीले नेपाल भित्राउन लागेको सामाग्रीमा अवरोध पुराएको थियो । प्रहरीले सामान ल्याउने युवालाइ सम्झाई बुझाई घरमा पठाएको थियो । २ प्रहरी उक्त स्थानमा जादै गर्दा समुहमा आएका युवाहरुलाई निषेधाज्ञामा नडुल्न र मास्क लगाउन अनुरोध गरेको गर्दा युवाको झुण्डले २ प्रहरीलाई लछारपछार गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घटनामा १ प्रहरीलाइ सामान्य चोट लागेको छ ।

समुदायमा संक्रमित फेला पर्न लागेका कृष्णनगरमा कोरोना नियन्त्रणका लागी प्रयास गर्दा स्थानियको अवरोध भएको छ । कृष्णनगरमा प्रहरी , ट्राफिक प्रहरी, भन्सारका कर्मचारी, ब्यापारी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma