Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रचण्डजी र मेरो मन मिलिसक्यो, अब कुनै पनि प्रकारको असमझदारी छैन : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ’जनता जान्न चाहन्छन् ’ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डसँग कुनै पनि प्रकारको असमझदारी नरहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ’प्रचण्डजी र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन् । मनमनै हात मिलाउनु भन्नुहुन्छ भने त्यो सम्भव छ । तर, कोरोनाका कारणले हात मिलाउन मिल्दैन् ।’

सरकार सञ्चालनमा आफूलाई प्रचण्डबाट सहयोग नै भएको ओलीको भनाइ छ। उनले भने, ’यो बीचमा केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँदैन। तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् । सहयोग पाएको छु । अब त झन पारस्परिक सहयोग हुन्छ ।’

नेकपामा अहिले देखिएको विवाद भागबण्डा नभएको पनि प्रधानमन्त्रीले बताए । उनले भने,’भागबण्डाको प्रश्नै छैन् । हामी भागबण्डाको लागि राजनीति गरिरहेका छैनौं । आज दशेको आवश्यकत्तालाई हृदयांगम गरिएको हो । पछि हुँदै जाने कुरालाई भागण्बडा भन्नु भएन । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होइन। यी सबै आवधिक हुन् ।’

आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma