Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अष्ट्रेलियासँगको टी- ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जित्यो

काठमाण्डौ – अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ ।

गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट बनाएर एक सय ५७ रन बनाएको थियो ।

तीन रन बनाउँदा दुई विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा उसले एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो ।

तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर सात बल अघि नै भेटायो । उसका लागि जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma