Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेविसंघ कपिलवस्तुद्धारा विपि जयन्तीको अवसरमा भर्चुअल सुभकामना आदान प्रदान ।।

१०७ औ विपि जयन्तीको अवसरमा नेपाल विधार्थीसंघ कपिलवस्तुले भर्चुअल माध्यमवाट  सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघले संघका पुर्व सभापतीहरुसंग भर्चुअल माध्यमवाट नेविसंघको आगामी भुमिकाको विषयमा छलफल गरेको छ । 

नेपाल विधाथी संघ कपिलवस्तुका संस्थापक सभापति रमेश शर्मा , पुर्व सभापतिहरु राजेश आर्चाय , युवराज केशि , राजेश ज्ञवाली , माधव पराजुली, वजी अरसद संग नेविसंघ कपिलवस्तुले अनलाईन माध्यमवाट विपिको स्मरण गर्दै छलफल गरेको छ । नेपाली कांग्रेसको आसान्न महाधिवेशनमा नेविसंघको भुमिकाको विषयमा वृहत छलफल भएको नेविसंघ कपिलवस्तुका सचिव राजु खरालले वताउनुभएको छ । संघका पुर्व सभापतिहरुले नेपाल विधार्थीसंघलाई उर्जा शहित हाक्नुपर्ने सुझाव व्यतm गरेका थिए । उनीहरुले स्वर्गीय विपिको भावनालाई प्राथीमकतामा राखेर काम गर्नु पर्ने वताएका थिए ।
कोरोना महामारीको जटिल परिस्थीतीमा विधार्थीहरुलाई अनलाईन माध्यमवाटै रचनात्मक दिशा तर्फ अगाडी वढाउनको लागी भुमिका खेल्न आग्रह गरेका छन । आसान्न महाधिवेशनमा नंया र पुराना पार्टिका कार्यकर्तालाई एकैठांउमा ल्याएर एकतावद्ध भएर अगाडी वढन नेविसंघले दवाद सिर्जना गर्नुपर्ने पुर्व सभापतिहरुको भनाई थियो । साथै उनीहरुले वर्तमान कम्नियुष्ट सरकार काण्डै काण्डको भ्रष्ट सरकार भएकाले नेविसंघले सरकारका गलत कार्यको शशतm विरोध जनाउनुपर्ने वताएका छन ।
कार्यक्रम नेविसंघ कपिलवस्तुका सभापति राकेश पाण्डेको अध्यक्षता , पुर्व सभापति राजेश आर्चायको प्रमुख आतिथ्यता र सचिव राजु खरालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma