Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्व. पौडेलको शोकमा बुधबार चन्द्रौटा बजार बन्द

मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको चन्द्रौटा उद्योग वाणिज्य संघले आफ्नो संस्थाका पूर्व सचिव टिकाराम पौडेलको भाद्र २८ गते भएको आकास्मिक निधन प्रति श्रद्धान्जली व्यक्त गर्दै भाद्र ३१ गते ३ घण्टा सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने जनाएको छ ।
संस्था पूर्व सचिव व्यवसायी तथा समाज सेवी व्यक्तित्व पौडेलको निधनले संस्थालाई अपुरणिय क्षति पुगेको जनाउदै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको संस्थाका अध्यक्ष जमशेर अलि मियाँले बताउनु भयो । संस्थाको मंलबार बसेको बैठकले पौडेलको निधन प्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको संस्थाका बरिष्ट उपाध्यक्ष इश्वरी पाण्डेले बताउनु भयो ।
चन्द्रौटा उद्योग वाणिज्य संघले एक होनाहार साहासिक र बौद्धिक व्यक्ति गुमाउन परेको यस दुखद क्षणमा मृतआत्माको चिर शान्तिको कामना गर्दै बुधबार यस क्षेत्रका सम्पूर्ण व्यापार व्यवसाय विहान ८ बजे देखि ११ बजे सम्म बन्द गरी शोक मनाउने संस्थाका महासचिव नारायण भाट क्षेत्रीले बताउनु भयो । संस्थाले पौडेलको निधन प्रति शोक व्यक्त गर्दै बजार बन्द गरिदिन प्रेस विज्ञप्ती मार्फत अनुरोध समेत गरेको छ । बैठकमा स्व.पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma