Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ईटा उद्योगका ६ मजदूर बालवालिकालाई राहत

कपिलवस्तुको एक ईटा उद्योगमा कार्यरत ६ जना बालवालिकाहरुलाई राहत सामाग्री बितरण गरिएको छ । वालश्रम बिरुद्ध काम गर्दै आएको दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुले राहत बिरतण गरेको हो । कोरोना भाइरसका कारण उद्योग संचालन नभएका कारण मजदूरहरुको जिविको पार्जनमा समस्या भएकोले राहत वितरण गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो । शिवराज नगरपालिका ६ विरपुरमा रहेको जनता ईटा उद्योगमा १४ वर्ष देखि १८ वर्ष उमेर समुहका बालवालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको परियारले बताउनुभयो ।
राहात सामाग्रीमा प्रति मजुदर ५० केजि चामल,दाल चार केजि,तेल २ लिटर,नून ३ केजि,किशोरीहरुको लागि सेनेटरी प्याड १० पिस,मास्क,सेनेटाइजर प्रदान गरिएको बताइएको छ । सस्थाले शिवराज नगरपालिकाका ६ वटा वडा र महारागञ्ज नगरपालिकाका ६ वटा वडामा वालश्रम बिरुद्ध काम गरिरहेको अध्यक्ष परियारले बताउनुभयो । कम उमेरका बाललवालिका नभएपनि १४ वर्ष पुगेका मजदुर बालवालिका रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma