Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

हचुवा–करहिया जोडने पुल निर्माण

माधव बेल्बासे
चन्द्रौटा,६ कात्र्तिक
कपिलवस्तुको शिवराज नगरपालिका वडा १ र वडा ३ जोडने हचुवा करहियामा सडक खण्डमा रहेको कहरा खोलामा पुल निर्माण भएको छ । लुम्बिनि प्रदेश र शिवराज नगरपालिकाको लागतमा भएको पुल निर्माणले स्थानियहरुलाई आवतजावतमा सहज भएको छ । शिवराज नगरपालिका ३ होचुवा,वलुहवा,मजगाउँका स्थानियहरुलाई आवत जावतमा सहज होस भन्ने उद्देश्यले उक्त पुल निर्माण गरिएको हो । वर्षातको समयमा उक्त खोलमा पूल नहुँदा स्थानीय बासिन्दाहरुले सास्ती झेल्दै आएका थिए । प्रदेश न ५ सरकारको श्र ६५ लाख र शिवराज नगरपालिकाको रु ९१ लाख गरि कुल रु एक करोड ५६ लाखको लागतमा उक्त पुल निमार्ण भएको छ ।


लामो समय देखी स्थानियहरुको माग भएपनि बनाउन नसकिएको उक्त पुल निमार्ण पश्चात विकट मानिएको होचुवा गाउँका बालबालिका, बृद्ध र सुत्केरी महिलाहरुलाई सहज हुने लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । पुल निमार्ण पश्चात शिवराज नगरपालिका वडा न ३ का करिव १ सय ५० घरधुरीलाई सहज हुने शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वताउनुभयो । पक्की पुल निर्माण भएपछि जुनसुकै समयमा पनि आवतजावत गर्न सहज भएको स्थानिय राम बहादुर केसीले बताउनुभयो । तोकिएको समयमा काम सम्पन्न गरिएको निर्माणको जिम्मा पाएको दिपाली निर्माण सेवाका सचालक दलार्जन केसिले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma