Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

फुच्चे गाइड राहुल भेटिए,कहाँ गएका थिए ?

कपिलबस्तु : कपिलबस्तुका ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने राहुल शाहनी भेटिएका छन् । कपिलबस्तु नगरपालिका–३ घर भएका शाहनी कार्तिक १७ गते सोमबार विहानदेखि सम्पर्कविहिन भएका थिए । आज मंसिर १० गते कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं ७ मर्यादपुर स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा फेला परेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।
पर्यटकिय स्थल तिलैराकोटमा आउने पर्यटकहरुको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार,प्रहरी तथा अन्य सरोकारवालाहरुछारा तिव्र रुपमा खोजि कार्य भइरहेको थियो । बेपत्ता भएका शाहनीलाई कपिलवस्तु प्रहरीले उनका बुबा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षिय राहुललेसाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् ।उनीसँग नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ ।

कार्तिक १७ गते विद्यालय जान्छु भनेर साइकल सहित हिडेको उक्त वालक खुनुवा हुदै राती ११ बजे भारतको बढनी पुगे,बढनी बाट गोरखपुर जाने बसमा साइकललाई बसको छतमा राखी १८ गते बिहान ११ बजे गोरखपुर ओर्लिए । गोरखपुर बाट बरालगञ्ज जाने बस चढेर साढे ३ वजे बेलिपार्क पुगे । बेलिपार्कमा आमाको काकाकी छोरी मिरा शाहानी घरमा पुगे । दिदिको घरमा झण्डै २० दिन बसेपछी आमा बुबाको मायाले सताएकोले फर्किएको बताए । जम्मा तीन सय भारतीय रकम आफुसग रहेकोले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको शाहनीले बताए । लकडाउन पश्चात विद्यालय हप्तामा दुई दिन मात्र संचालन हुने गरेको तर घरबाट सधै पढन जाउँ भन्दै दबाब दिने गरेकोले आफु भागेको प्रहरी समक्ष बताएका छन् । यता परिवार पक्षले कसैले अपहरण गरेको हुन सक्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma