Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

हिमपात साना किसान कृषि सहकारीमा ६ करोड २३ लाखको कारोबार, अध्यक्षमा पुनः सुवेदी निर्बिरोध

माधव बेल्बासे,चन्द्रौटा

कपिलवस्तुमा रहेको हिमपात साना किसान कृषि सहकारीले आर्थिक वर्ष २०७६।७७ मा ६ करोड २३ लाख ८१ हजार ७ सय ६६ रुपैयाँको कारोबार गरेको छ । २०७३ सालमा स्थपना भएको उक्त सहकारीले किसानहरुलाई सहज रुपमा कर्जा ,व्यावसाय संचालनलको लागि उत्प्रेरण तथा सदस्यहरुलाई स्वरोजगारहरु बनाउन विभिन्न कामहरु सम्पन्न गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो । किसानहरुको सहकारी भएकोले पशु बिमा,दुग्ध संकलन,बिउविजन मलखाद खरिद बिक्रि जस्ता कार्यक्रमहरु संचालन भइरहेको उहाँले बताउनुभयो ।
शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको चौथो साधारण सभा तषा दोस्रो अधिवेशनको अवसर बोल्दै अध्यक्ष सुवेदिले चालु आर्थिक वर्षमा रु १२ करोडको कारोबरा गर्ने लक्ष्य रहेको बताउनुभयो । सहकारीका सदस्यहरुको सहयोगका कारण छोटो समयमै साना किसान सहकारीमा दर्ता भएर सदस्यहरुलाई सेवा प्रवाह गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साधारण सभा तथा अधिवेशनमा संस्थाका कोषाध्यक्ष जिवन केसीले प्रस्तुत गरेको लेखा प्रतिवेदनमा गत वर्ष ८ लाख १५ हजार खुद नाफा गर्न सफल भएको उल्लेख छ । अहिले २०६ जना सदस्यहरुलाई ३ करोड ८१ लाख ऋण लगानी गरिएको जनाइएको छ ।
कार्यक्रममा लम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले किसानमैत्री भएर काम गरेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो । छरिएर रहेका किसानहरुलाई एकजुट गरेर उनीहरुलाई नै सहज ढंगवाट सेवा प्रवाह गरेकोमा धन्यवाद दिनुभयो । सहकारीहरुले रकम संकलन र ऋण लागनी मात्र गरेर नहुने भएकोले नागरिकहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीमा सदस्यहरुमा पशुपालनको लागि मात्र झण्डै १ करोड लगानी गरेकोले यसले आत्मनिर्भर सगै नगरलाई बनाउन टेवा पुग्ने बताउनुभयो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरको विकासमा सहकारी कोसेढुंगाको रुपमा रहेको बताउनुभयो । हिमपात सहकारीले किसानहरुको पक्षमा उल्लेखनीय काम गरेको भन्दै स्वरोजगार र आत्मनिर्भरमय जोड दिनुपर्ने बताउनुभयो । ४ वर्षको अवधिमा गरेको कामले आगामी दिनमा सहज हुने विश्वास व्यक्त गर्दै अधिवेशनवाट छनोट भएको समितिको सफल कार्यकालको शुभकामना दिनुभयो । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर सचिव जगत पौडेल,नेपाली काग्रेसका नगर सभापती मधु पोख्रेल लगाएतले सहकारीको सफलताको कामना गरेका छन् ।
अध्यक्षमा पुनः सुबेदी निर्विरोध
हिमपात साना किसान कृषि सहकारीको दोस्रो अधिवेशनले अध्यक्ष पदमा पुनः शिवराज सुवेदीलाई निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा जिवन केसी सहित ११ सदस्य चयन भएको छ । त्यस्तै अधिवेशन अनिता भण्डारीको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन भएको छ । पुनः आफुलाई चयन गरेकोमा धन्यवाद दिदै अध्यक्ष सुवेदीले योजना अनुसारको काम पुरा गर्न सहयोग गर्न सदस्यहरुलाई अपिल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma