Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुको चन्द्रौटामा एक महिलाको हत्या ।।

कृष्ण गैरे , २८ मंसिर कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालीका ५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ । चन्द्रौटाको पुरानो वजारमा डेरा गरि वस्ने दाङ सतवरिया घर भएकी ५१ वर्षिय महिला सुशिला खडकाको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटा जनाएको छ ।
टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरि क्रुर तरिकाले हत्या भएको प्रहरीले वताएको छ । हत्याको आंशकामा प्रहरीले डेरामा संगै वस्ने भतिजो तोरण वहादुर खडकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वताएको छ । मृतक महिलाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पलात तौलीहवा पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma