Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

ज्ञानज्योती आधारभुत विद्यालयमा सार्वजनिक सुनुवाई

कपिलवस्तुको शिवराज नगरपालिका वडा १ मा रहेको ज्ञानज्योती आधारभुत विद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । किडार्क नेपालको सहयोग वडा १ कार्यालयको समन्वयनमा भएको कार्यक्रममा कोरोनाले विद्यालयलाई पारेको असरबारे चर्चा गरिएको थियो ।विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पुस्पराज अधिकारीले विद्यालयमा शिक्षाको गुणस्तरी बनाउन विभिन्न प्रयासहरु गरेको बताउनुभयो । विद्यालयलाई स्थानियहरुको सहयोग अति आवश्यक रहेको बताउँदै अभिभावकहरुले विद्यालयलाई महत्व दिनुपर्ने बताउनुभयो । कस्तो खालको शिक्षा प्रदान भइरहेको छ भन्न्ने विषयमा अभिभावक जानकार हुनुपर्ने बताउनुभयो ।
शिवराज नगरपालिका कार्यापालिका सदस्य टिका बिकले विद्यार्थीहरु भविष्यमाथि गम्भीर बन्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । नगरभित्रका विद्यालयहरुमा शिक्षकहरुको अभाव रहेको बताउदै कतिपय कम तलबमा काम गर्ने वाध्यता रहेको बताउनुभयोे । कोरोना कारण विद्यालयको जनजिवन बढि प्रभावित भएकोले सुरक्षा सर्तकता अपनाउन आग्रह गर्नुभयो । विद्यालयका प्रध्यानाध्यापक कमला अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोरोना कारण पढाई प्रभावित भएको भन्दै अब सुरक्षा सर्तकता अपनाएर विद्यालय संचानल गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma