Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

उज्यालो अभियानमा जनप्रतिनिधीको भूमिका



पौष २ कपिलवस्तु

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको अन्तर्गत सञ्चालित छन्द काले बाबु नारायणी आखा अस्पतालको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टि संघ (ल्ब्द्यए) को आर्थिक सहयोगमा शिवराज नगरपालिकाका जनप्रतिनिधिका लागि एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


आखाँ स्वास्थ्य प्रति जनप्रतिनिधी उत्तरदायि हुनु पर्ने भएको जनप्रतिनिधीहरु संग अन्तरक्रिया गरिएको छन्द काले बाबु नारायणी आखा अस्पताल बहादुरगंजका प्रशासकिय अधिकृत जसराज वि.क.ले बताउनु भयो । विगत १६ बर्ष देखि जिल्लाको बहादुरगंजमा रहि आखाँ स्वास्थ्य संचालन गर्दै आइरहेको यस अस्पतालले हाल सम्म ८ लाख बढिको आखाँ चेकजाँज गरिएको वि.क.ले बताए ।

अन्तरक्रिया कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले उज्याले अभियान सगैं सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । अस्पतालको स्तरउन्नतिका लागि नगरबाट हुने हरेक तवरले अन्धोपन न्युनीकरण गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । उप प्रमुुख शिवकुमारी चौधरीले यस्ता समस्याको न्युुनिकरण गर्न आवश्यक भएकाले यो उज्याले अभियानले थप चेतना जगाउने बताउनुभयो साथै यसको निराकरणको लागि आँखा शिविरको लागि बजेट छुुट्टिएको र कार्यपालिकाको निर्णय अनुसार सहकार्य गरेर निशुुल्क आँखाँ शिविर संचालन गरी नगरका नागरीकमा दृष्टिको उज्याले ल्याउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा न १ का वडा अध्यक्ष जगत जि सी ले वडाको तर्फबाट सहकार्य गर्दै अगाडि बड्ने बताउनुभयो । उहाँले चन्द्रौटा क्षेत्रमा पनि उपचार केन्द्रको रुपमा आँखा सुुरक्षा केन्द्रको आवश्यकता रहेको बताउनुभयो । ब्यापार संघ कपिलवस्तुतका अध्यक्ष महादेव पोख्रेलले उज्याले अभियान सगैँ जुुटेर समयमै आफनो आखाँको ज्योतिको ख्याल गरेमा आँखा सम्वन्धि रोग न्युनिकरण गर्न सकिने बताउनु भयो । कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले नेपाल अधिराज्य भरिका नेत्रज्योति संघ अन्तर्गत रहेका आँखा अस्पतालहरु तथा आँखा उपचार केन्द्रको बारेमा जानकारी गराउँदै शिवराज नगरपालिकामा रहेका दृष्टिविहीनताको अवस्था बारे जानकारी गराउनुु भएको थियो । कार्यक्रममा अस्पतालका बाह्य संयोजक ओपेन्द्र चन्दले नगरका जनप्रतिनिधिहरुलाई आधारभूत आँखा स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो भने नेपाल नेत्र ज्योति संघ लुुम्विनी प्रदेशका कोशाध्यक्ष, नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरी, नेत्र ज्योति संघ राप्तीशाखाका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापा, दाङ शाखाका सचिव सुरेन्द्र बहादुर खड्कालयायतले नेपाल नेत्र ज्योति संघ र आँखा स्वास्थ्य सुरक्ष को विषयमा प्रकाश पार्नु भएको थियो ।
४० जना जनप्रतिनिधिको सहभागिकतारहेको उक्त कार्यक्रममा छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासनीक समितिका संयोजक सारदा चौधरीको अध्यक्षता, शिवराजनगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी चौधरीको विष्टि आतिथ्यता ,नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति तथा केन्द्रीय सदस्य कृष्ण कुमार गिरीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्रशासकीय अधिकृत जसराज विश्वकर्माको स्वागत तथा सूचना अधिकारी बालाराम खड्काले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma