कपिलवस्तु पौष ५
कपिलवस्तुु शिवराज नगरपालिकाका कृषकलाई उत्पादनका आधारमा अनुदान दिइने नगर उप प्रमुख शिवकुमारी थारुले बताउनु भएको छ । आइतबार नगरपालिकाको पशुसेवा शाखा द्धारा आयोजित जनप्रतिनिधी र कृषक विच अन्तरक्रिया कार्यक्रममा बोल्दै उप प्रमुख थारुले यस्तो बताउनु भएको हो ।


कार्यक्रममा उप प्रमुख थारुले किसानका लागी नगरले आवश्यक पर्ने सहयोग अनुदानका रुपमा प्रदान गर्दै आइरहेको जनाउर्दै आगामी दिनमा पनि कृषकहरुको व्यवसायलाई सहयोग पुराउने खालका कार्यक्रमहरु समेट्ने बताउनु भयो । कृषी व्यवसाय गरेर व्यवसायिक बन्न उहाँले कृषकहरुलाई अनुरोध समेत गर्नु भयो । कृषिलाई आधुनिकिकरण गर्दै प्रत्येक वडामा कृषि सहकारी संचालन गरी उत्पादनलाई बजारीकरण र अनुदानलाई उत्पादन मूलक बनाउने कार्यमा नगरले योजना बनाइरहेको बताउनु भयो ।


व्यवसायीक कृषि फार्म संचालन गरेका र जिवीको पार्जनका लागी कृषि गरेकाहरुलाई एकै वर्गमा राखेर अनुदान वितरण गर्दा फर्म संचालन गरेका कृषक मार पर्ने भएकोले अनुदान वितरणमा विशेष ध्यान दिनु पर्ने पशुपालक संघ शिवराजका अध्यक्ष राजु खलराले बताउनु भयो । ४०÷५० रुपैयामा दान किनेर ६० रुपैयामा दुध बेच्ने किसान कहिले समृद्ध हुन्छन भन्दै दुधको मूल्य बढाउनु पर्नेमा खरालले जोड दिनु भयो ।
व्यवसायिक कृषकहरुमा फर्म पशु सेवा कार्यालयका महिना १ पटक पुगेर पशुको स्वास्थ्य परिक्षण गरिदिनु पर्ने किसानहरुले माग समेत गरेका छन । माछा व्यवसाय गर्नेहरुलाई नगर उपचारकालाई कुनै सहयोग नरहेकोले अगामी कार्यक्रममा समेट्नु पर्ने माछापालक कृषक राम बहादुर रायमाझिले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा पशु शाखा प्रमुख रामदुलारे यादवले असार मसान्त देखि मंसिर मसान्त सम्मको प्रगति विवरण र योजना प्रस्तुत गर्नु भएको थियो । आर्थिक समितिका संंयोजक शफिक अहमद मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ११ वडाका वडा अध्यक्षहरु, नगरका किसानहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण पशु प्राविधीक राम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

0Shares