Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै शिवपुरमा प्रर्दशन


कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर बेलौति चोकमा वैज्ञानिक बन व्यवस्थापन सञ्जालले आयोजना गरेको यातायात बन्द कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक बन महासंघ लुम्बिनी प्रदेश सदस्य तथा मनकामना सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष राम बहादुर के.सी.को नेतृत्वमा र्याली सहित निस्किीएको टोलीले २ घण्टा बन्द गरेको हो ।


सरकारले बैज्ञानिक बन व्यवस्थापन,काठ उत्पादन, विक्री र ओसारपसारमा लगाएको रोक फिर्ता नलिएको भन्दै प्रर्दशन गरिएको के.सी.ले बताए ।

सरकारले नेपाली काठ निकासी रोकेर भारतिय काठ आयत गरेकोले प्रतिबन्द तुरुन्तै फिर्ता गर्नु पर्ने के.सी.ले बताए ।

पौष १८ गते सम्म सरकारले गरेको प्रतिबन्ध फुकुवा नगरे अझै कडा आन्दोलनमा जाने उहाँले बताउनु भयो । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले आज कपिलवस्तु जिल्लामा यातायात बन्दको घोषणा संगै जिल्ला विभिन्न ठाउँ बन सम्बद्ध संघसंस्थाले प्रदर्शन गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma