Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पूर्ण खोपको दिगोपनका लागि वडामा अभिमूखिकरण


मोफसल खबर
कपिलवस्तु पौष २०
कपिलवस्तुको शिवराज नगरपालिकामा पूर्ण खोपको दिगोपनको लागी वडा नं. ५ को अभिमूखिकरण कार्यक्रमम सम्पन्न भएको छ । पालिका स्तरमा खोप र सरसफाई प्रर्बद्धन कार्यक्रमको समिक्षा सुस्म योजना अध्यावधिक र वडा खोप समन्वयन समितिको अभिमूखिकरण कार्यक्रम सम्पन्न हो ।


जिल्लामा नै पहिलो पूर्ण खोप घोषणा भएको शिवराज नगरपालिकामा हाल केहि बच्चा खोप लिनबाट छुटेकाले पूर्ण खोपको दिगोपनाका लागी अभिमूखिकरण कार्यक्रम गरिएको शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताउनु भयो । पूर्ण खोपको निरन्तरताका लागी वडामा खोप पाउनबाट बन्चित बालबालिकाहरुको घरदैलो कार्यक्रम गरि लागत संकलन गरि पूर्ण खोपको दिगोपनाका आधारभूत स्वास्थ्य सेवा केन्द्र अस्पताल ब्यबस्थापन समिति पदाधिकारी सदस्य तथा महिला स्वास्थ्य स्वयंसेवकीका ,स्वास्थ्य कर्मि, र सरोकारहरु विच अन्तरक्रिया गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो । वडामा ४ ठाउँबाट खोप सेवा प्रदान गदै आइरहेको र तिनै खोप केन्द्रलाई निरन्तरता दिदै पूर्ण खोपको लागी कोहि कसैका बच्चा नछुटाउन लागत लिने काम गरिने उहाँले बताउनु भयो ।
सरकारले २०७८ बैशाख मसान्तभित्र नेपाललाई पुर्ण खोप गराउने लक्ष्य लिएको हुदा सो कार्यमा सहयोग गरि पुर्ण खोपको दिगो पनालाई निरन्तरता दिदै कार्यक्रम सफल बनाउन महिला स्वास्थय स्वंयमसेविका , स्वास्थ्यकर्मी तथा समिति सदस्य सबैले आफ्नो आफ्नो तर्फबाट सहयोग गर्न वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र अस्पताल ब्यबस्थापन समिति संयोजक पान्डेले अनुरोध गर्नुभयो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका लक्ष्मी उपाध्यय ,राजकुमारी थारु, लालुमाया पोखरेलले महिला स्वास्थ्य स्वयंसेवीका लागी नगरले थप हौसला प्रदान गर्नु पर्ने सुझाब दिएका थिए । स्वास्थ्य स्वंय सेविकाको मात्रै जिम्मेवारी नभइ सबै सरोकारवालाले आप्नो स्थानबाट सहयोग गरे लक्ष्य अनुसार पूर्ण खोपको दिगोपना रहने र वडामा शतप्रतिशत बच्चाहरुले खोप पाउने उनीहरुले बताए ।
वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र अस्पताल ब्यबस्थापन, उपाध्यक्ष शान्ता सेन शिवराज स्वास्थ्य शाखा स्वास्थ्य कर्मि पुर्णिामा खनाल , डाक्टर महेश गुप्ता , समिति सदस्य गोपाल बन्जाड,े कल्पना पान्डे , महिला स्वास्थ्य स्वयंसेवकीका तथा समिति सदस्य लक्ष्मी उपाध्यय लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma