Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सडक उद्धघाटन गर्न आएका मुख्यमन्त्रीलाई कालोझण्डा

नेपाली कांग्रेसको भातृ सगंठन नेपाल तरुण दल कपिलवस्तुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेको छ । कपिलवस्तुको बिजयनगरमा आयोजित कार्यक्रममा जाँदै गरेका मुख्यमन्त्री पोखरेललाई तरुण दलका जिल्ला सचीव अमर पौडेलको नेतृत्वमा गणेशपुरमा कालो झन्डा र कालो पट्टि बाधेर बिरोध गरेको तरुण दल कपिलवस्तुले जनाएको छ । यस क्षेत्रका संघीय संसद अभिषेक प्रताप शाहको पहलमा निर्माण गरेको आरटिओ सडक मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्न जाँदै गर्दा नेपाल तरुण दलले कालोझान्डा देखाएको युवा नेता अमर पौडेलले बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन विरुद्ध असंवैधानिक कदम बिरुद्द र सासद शाहको पहलमा भएको सडकको मुख्यमन्त्रीले लिएको भन्दै कालो झण्डा देखाएको नेपाल तरुण दल कपिलवस्तुले जनाएको छ । मुख्यमन्त्री सडक उद्धघाटन गर्न आउने जानकारी भएपछि सांसद शाहले सामाजिक संजाल मार्फत उक्त सडक निर्माणमा आफ्नो पहलमा निर्माण भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma