Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

उत्पादनमूलक क्षेत्रमा लगानी गरौं ः साँसद के.सी.

दिपक के.सी.
कपिलवस्तु पौष २५
लुम्बिनी प्रदेश सभाका साँसद अर्जुन कुमार के.सी.ले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभालाई उद्घाटन गर्दै साँसद के.सी.ले सहकारीले कृषी, उद्योग र व्यवसाय तिर लगानी बढाउनु पर्नेमा जोड दिनु भएको हो ।


सहकारीले मानिसलाई बचत गर्ने बानीको विकास गरेको जनाउदै के.सी.ले अरनीको सहकारीले नगरमा बचत र ऋण लगानीको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको के.सी.ले उल्लेख गर्नु भयो । अरनीको सहकारीले बढाएको सहकारी मर्जरको धारण निकै राम्रो भएकोले ,स—साना सहकारीहरुलाई एकिकृत गरेर एउटै संस्था बनाउदाँ छरिएका सहकारीहरु एकै ठाउँ हुदाँ सेवा प्रवाहमा नागरिकको सहकारी प्रतिको विश्वास बढ्ने उहाँले बताउनुु भयो ।


संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिडको महामारीको बेला दैवि प्रकोप तथा सामाजिक कोषबाट पचास हजार शिवराज नगरपालिकाको विपत व्यवस्थापन कोषमा दिएको बताउनु भयो । कोभिडको समयमा संस्थाले चैत्र मसान्त देखि असार मसान्त सम्म सावा व्याजमा हर्जाना नलिएको, व्याजमा ३ प्रतिशत छुट दिई सहुलियत दिएको उल्लेख गर्नु भयो । अध्यक्ष क्षेत्रीले आगामी बर्षका लागी नियमित बचत व्याजमा ५ प्रतिशत,बाल बचत व्याजमा ४ प्रतिशत, दैनिक बचत ३ प्रतिशत र ऐच्छिक बचत ३ प्रतिशत व्याजदर कायम गर्ने बताउनु भयो । संस्थाको भवन नभएको हुदाँ आगामी बर्षको कार्ययोजनामा संस्थाको भवन निर्माणका लागी टेण्डर अह्वान गरी भवन निर्माण को कार्य अघि बढाइने क्षेत्रीले बताउनु भयो ।


कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज न्यौपानेले संस्थाको बार्षिक आयव्याव प्रस्तुत गर्नु भएको थियो । संस्थाले आर्थिक बर्ष ०७६÷०७७ मा १० करोड ५५ लाख बढिको कारोबार गरेको न्यौपानेले बताउनु भयो । संस्थाको कुल नाफा २३ लाख ९४ हजार रहेको र संस्थाको भवन निर्माणका लागी ८७ लाख ९१ हजार ८ सय ७६ रुपैया विनियोजित गरेको उल्लेख गर्नु भयो ।
संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभाका साँसद अर्जुन कुमार के.सी. वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, संस्थाका पूर्व अध्यक्ष शरद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव द्रोण प्रसाद अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma